दैलेखको नरायण नगरपालिका निषेधित क्षेत्र घोषणा

दैलेखको नरायण नगरपालिका निषेधित क्षेत्र घोषणा

सुर्खेत । धेरै संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

समुदाय स्तरमा कोरोना महामारी फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्केमा कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

भारतबाट फर्किनेको संख्या बढेसँगै दैलेखका नारायण र दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या अत्यधिक बढेको छ । नारायण नगरपालिकामा बिहीबार मात्र एक सय ८ जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij