कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको बीमा समिति २४ घण्टा नपुग्दै ‘यूटर्न’ भएको छ।
समितिले पुनः कोरोना बीमा सूचारु गर्न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको छ।
यसअघि हिजो बिहीबार मात्रै कोरोना बीमा स्थगन गरेको समितिले आज एक विज्ञप्ति जारी गर्दै साविककै बीमालेख आजदेखि लागू हुनेगरी सुचारु गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई भनेको हो।
अब जारी हुने बीमालेख आगामी चैत मसान्तसम्मको लागि मात्रै जोखिम बहन गर्नेगरी बिक्री गराउन समितिले भनेको छ। अर्थात कोरोना बीमा गर्नेको जोखिम बहन चैत मसान्तसम्म मात्रै हुनेछ।
स्वदेशी पुनर्बीमा कम्पनीले नै यसको पुर्नबीमा गर्ने समितिका सूचना अधिकृत निर्मल अधिकारीले जानकारी दिए।
हालसम्म ३ लाख जनाले बीमा गरेका छन्। सोवापत १६ करोड रुपैयाँ संकलन भएको छ। सरकारले राष्ट्रसेवक कर्मचारीहरुका लागि निशुल्क बीमा गरिदिने घोषणा बजेटमार्फत गरेको छ।
वैशाख ७ गतेदेखि कोरोना बीमा सुरुआत गरिएको थियो। १ लाख र ५० हजार गरी दुई विकल्पमा बीमा गर्न सकिने व्यवस्था गरिएको छ।
१ हजार रुपैयाँ बुझाउनेले १ लाख र ५ सय रुपैयाँ बुझाउने व्यक्तिले ५० हजार रुपैयाँको कोरोना बीमा गर्न पाउने व्यवस्था छ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्