JanataToday.com

Advertisment

SKIP THIS

विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाली कांग्रेसको माग

विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन माग गरेको छ । सरकारले विभिन्न देशमा रहेका २५ हजार नेपालीलाई फिर्ता गर्ने तथ्यांक सार्वजनिक गरेपछि कांग्रेसले घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन माग गरेको हो । विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीलाई आफ्नो घर फर्कन पाउने अधिकार छ । तसर्थ सख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ, जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले विदेशबाट ल्याइएका नेपाली सवैको पीसीआर विधिबाट कोरोना भाइरस परिक्षण गरेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको क्वारेन्टाइनको प्रवन्ध मिलाउनसमेत सरकारलाई आग्रह गरेका छन् ।

कांग्रेसले आर्थिक वर्ष २०७६र७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका पाँच लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको स्मरण गराउँदै भनेको छ, “सायद त्यो कार्यन्वयन त भएन होला, तर त्यसलाई कोरोना महामारीका बेला अहिले कार्यान्वयन गर्न सकिने समय आएको छ । तसर्थ विदेशबाट फिर्ता भएका नेपालीहरुलाई रोजगारीमूलक काम दिने गरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यन्वयन गर्नु पर्दछ । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले नेपाल ल्याउन प्रवन्ध गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ । कांग्रेसले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रवन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।वाह्रखरीवाट

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij