सैनामैना -सैनामैना जेसीज ले रुपन्देही को सैनामैना–६, कलौनी मा रहेको सहिद नारायण पोख्रल रामापुर क्याम्पसको क्वारेन्टाइनमा रहेका ब्यक्तिलाई खाजा नास्ता सहयोग स्वरुप सहयोग वितरण कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना जेसीजका अध्यक्ष जेसी सिता क्षेत्री को अध्यक्षता, नेपाली कांग्रेस जिल्ला समिति रुपन्देहीका उपसभापति फणिन्द्र सर्मा ज्यू को प्रमुख आतिथ्यता र सैनामैना वार्ड नं ६ का अध्यक्ष बसन्त पाण्डेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सैनामैना जेसीजका पूर्व अध्यक्ष नन्दु थापा क्षत्री, पूर्व अध्यक्ष विमल ज्ञवाली र निवर्तमान अध्यक्ष सुभाष पौड्याल नेपाली कांग्रेस सैनामैना नगर समिति सदस्य युवा नेता अर्जुन पौडेल नेका सैनामैना ६ का वडा सभापति हरि प्रसाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसी सिता क्षेत्रीले (कोभिड १९) कोरोना भाइरसको विरुद्ध सैनामैना जेसीजले अभियान चलाएको र सैनामैनाका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका ब्यक्तिलाई नास्ता खाने खर्च सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो । साथै वार्ड नं ६ का वार्ड अध्यक्ष बसन्त पाण्डे ज्यूलाई नास्ता खर्च स्वरुप सहयोेग प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुदै विशिष्ट अतिथी वार्ड नं ६ का अध्यक्ष बसन्त पाण्डे ज्यूले सैनामैना जेसीजले गरेको सहयोगलाई धन्यवाद दिदै आगामी दिनमा पनि कोभिड १९ को विरुद्ध लड्न संगै हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका रुपन्देहीका उपसभापती फणिन्द्र सर्माले सैनामैना जेसीजले चलाएको अभियानलाइ सबैले सहयोग गर्नुपर्ने बताउदै कोरोना भाइरस विरुद्ध को लडाइमा स्थानीय निकाय, संघ संस्था एवं सबै अन्तराष्ट्रिय क्लबहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा सैनामैना जेसीजका सदसयहरु , स्थानीय जनप्रतिनिधिहरु एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सैनामैना जेसिजका महासचिव यदुनन्द भण्डारी ले गर्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्