बुटवल
नवलपरासीका एकजना युवकको भारतबाट घर फर्किदै गर्दा मृत्यु भएको छ ।भारतको मुम्बइबाट रुपन्देहीको सीमावर्ती बजार सुनौली आइपुगेका नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा नं २ का अन्दाजी ३२ वर्षका युवाको मृत्यु भएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
उनले भारतबाट आउँदै गरेका ती युवा रुपन्देहीको सीमा बेलहियानजिकै आइपुग्दा बेहोस भएर पल्टिएको र त्यहीँ मृत्यु भएको बताए । उनको शव भारतीय भूमिमै रहेको छ ।
उनको पीसीआर परीक्षण गरेर रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापनको काम अघि बढ्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनका अनुसार भारतमै परीक्षण गरेर रिपोर्ट पोजेटिभ आएमा भने भारतमै शव व्यवस्थापन हुनेछ भने नेगेटिभ आएमा मात्रै नेपाल ल्याएर परिवारको जिम्मा लगाइनेछ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्