तिलाेत्तमा- रूपन्देहीको तिलोत्तमा ९ करहियामा निर्माण हुन लागेको गाैतमबुद्घ कभर्डहलकाे आज शिलान्यास गरिएको छ । ब्याडमिन्टन, बास्केटबल, जिम, तथा भलिबल खेल्न मिल्ने कवर्ड हलमा ३३३ जनाकाे प्याराफिट एंव ४५० जना भन्दा बढी बस्न मिल्ने कभर्ड हलको आजै वडा न. ९ का अध्यक्ष नारायण न्यौपानेले शिलान्यास गर्नुभएको हो । छोटो मन्तव्य दिदैं न्यौपानेले प्रदेश ५ कै सुबिधा सम्पन्न कवर्ड हल निर्माण गरिने बताउनुभयो । साथै जिल्ला खेलकुद विकास समिति,सल्लाहकार, उपभोक्ता समिती, टोल विकास संस्था लगायत सबैको सहयोगले हलको निर्माण कार्य अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै वडा नं. ९ का सल्लाहकार नेत्र वनले विकासका काम चासो दिएर लाग्नु र तिलोत्तमाका सबै वडा भन्दा ९ नं. वडालाई नमुना वडा बनाउदै लैजानु भएकोमा वडाध्यक्ष न्यौपानेलाई धन्यवाद दिनुभयो । सो अवसरमा निर्माण उपभाेक्ता समितिका अध्यक्ष श्रीकुमार राना, रूपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा, अनुगमन समितिका संयाेजक खेमेन्द्र राना, भूमे सिभिल एन्ड अार्किटेक इन्जिनियरिङ सर्भिसेजका संचालक श्रीप्रसाद थापा, जनप्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्ष शुभचिन्तक लगायतको उपस्थिति रहेकाे थियाे । कभर्ड हल ३ कराेड ४० लाखको लागत स्टिमेटमा २ बर्ष भित्र निर्माण सम्पन्न हुनेछ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्