काठमाडौं- आज नेपालको पूर्वी र मध्य भागमा विहानै देखी भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको हो ।
महाशाखाले आज (मंगलबार) देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार राति नै वर्षा भइरहेको छ भने आज दिनभर वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
लगातार वर्षाको सम्भावना रहेको हुँदा ती क्षेत्रका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने र सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ ।
प्रकाशित मिति : मंगलबार, असार २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]