दाङ : क्वरेन्टीनमै बिहे !

दाङ : क्वरेन्टीनमै बिहे !

दाङ
दाङमा एक जोडीले वडाध्यक्षको उपस्थितिमा आइतबार क्वरेन्टीनमै अन्तरजातीय विवाह गरेका छन् ।
घोराही उपमहानगरपालिका१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका(१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका५ की २१ वर्षीया सीता चौधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको थियो ।
भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताउनु भयो। ‘उनीहरु माया प्रेममा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर मैले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको हुँ’, वडाध्यक्ष अर्यालले भन्नुभयो।

आफूले पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नो संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराइदिएको उहाँले जानकारी दिनुभयो।

उनीहरु जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ ।

त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वरेन्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको पनि वडाध्यक्ष अर्यालले बताउनु भयो । उहाँले एक हप्ता अलग्गै बसिसकेपछि मात्रै एकअर्काको सम्पर्कमा आउन दिनेगरी पठाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, असार २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij