नेपाल शिक्षक महासंघ कञ्चनद्धारा स्मरणपत्र

नेपाल शिक्षक महासंघ कञ्चनद्धारा स्मरणपत्र

कञ्चन-नेपाल शिक्षक महासंघ,कञ्चन रुपन्देहीले सामुदायिक बिधालयमा अध्यापनरत शिक्षक कर्मचारीहरुको हकहित र बिधालयलाई प्रबिधीसंग जोड्नको लागि हरेक बिधालहरुमा इन्टरनेटको सुबिधा उपलब्ध गराउन माग गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष समक्ष स्मरणम पत्र बुझाएको छ।
स्मरण्म पत्रमा भनिएको छ बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण देशभरीका बिधालयहरुको पठन पाठनमा प्रत्यक्ष प्रभाव पारिरहेको र बिधालयको आन्तरिक श्रोतबाट तलव भत्ता उपलब्ध गराउदै आएका शिक्षक कर्मचारीहरुलाई नियमित तलव भत्ता खुवाउने आन्तरिक श्रोत बन्द भएकोले निजी श्रोतका शिक्षक कर्मचारीहरुलाई गाउपालिकाले तलव भत्ताको ब्यबस्था गर्न उल्लेख गरिएको छ।
यस्तै बिधालयलाई प्रबिधीमैत्री बनाई अध्यापन गरी शिक्षक र बिधार्थीहरुको सिप क्षमता र ज्ञानको बिकास गर्नको लागि कञ्चनका सबै सामुदायिक बिधालयहरुमा इन्टरनेट जडान गरिदिन स्मरण पत्रमा उल्लेख गरिएको छ।बालबिकासका सहयोगी शिक्षकहरुको तलब भत्ता समयसापेक्ष नभएको र राज्यले नै मजदुर तथा श्रमिकहरुको न्युनतम ज्याला निर्धारण गरिसकेको अवस्थामा बालबिकास सहयागी शिक्षकहरु बर्षौ देखि मासिक ६ हजार रुपैयमा काम गर्नु दुखद भएकोले समयानुसार गाउपालिकाले आगामी बर्षको बजेटमा सेवा सुबिधा ब्यबस्थापन गर्न स्मरण गराइएको छ ।
नेपाल शिक्षक महासंघ,कञ्चनका अध्यक्ष तथा हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माले कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलाई स्मरणम पत्र हस्तान्तरण गर्दै अनुदान कोटामा कार्यरत शिक्षक कर्मचारीहरुको भबिष्यको सुनिश्चित्ताको आधार के हुने र यदि संघिय सरकारले अनुदान कोटा खारेज गरेको अवस्थामा गाउपालिकाले आगामी आ.ब.देखि गाउपालिकाको बजेटमा ब्यबस्थापन गरिदिन आग्रह गर्नु भएको छ।े
नेपाल शिक्षक महासंघ,कञ्चनको स्मरण पत्र ग्रहण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले स्थानिय तह संचालन कार्यबिधिको क्षेत्राधिकार भित्र रही महासंघले उठाएको बिषयलाई यथासम्भव गाउपालिकाको नीति तथा कार्यक्रममा समाबेश गरिने बताउनु भएको छ । आगामी आ.ब.मा शिक्षा क्षेत्रमा महत्वपुर्ण बजेट ब्यबस्थापन गरिने र आगामी आ.ब.मा कोभिड १९ लक्षित बजेट बनाइने जानकारी दिदैं कञ्चनको शिक्षाको गुणस्तरियतामा ध्यान दिन अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भएको छ। सरकारले लगानी गरे अनुसारको प्रतिफल दिने बिधलय र शिक्षकहरुको सन्दर्भमा स्थानिय सरकारले मात्र नभई प्रदेश र संघले समेत बिशेष ध्यान दिने अध्यक्ष क्षेत्रीले बताउनु भएको छ ।
कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष गोमा तरामु,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी,शिक्षा अधिकृत रमेश भुषाल,महासंघका सह अध्यक्ष इन्द्र बहादुर भलामी,सचिव जिवराज पौडेल,महिला सहसचिव माया ज्ञवाली लगायतको सहभागित रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, असार ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij