मगर संघको भवन निर्माणको आयव्यय सार्वजनिक

मगर संघको भवन निर्माणको आयव्यय सार्वजनिक

सैनामैना।

नेपाल मगर संघ, सैनामैना नगर समिति रूपन्देहीले संस्थाको भवन निर्माणको शनिबार एक समारोहका बीच आय व्यय सार्वजनिक गरेको छ ।

प्रमुख अतिथि नेपाल मगर संघ प्रदेश ५ का सदस्य तथा रूपन्देही सह–ईन्चार्ज संजीव थापा मगरले सैनामैनामा मगरहरूको आफ्नै भवन हुनु भनेको गर्वको कुरा रहेको बताउदै भवन निर्माणमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अध्यक्ष सुर्य बिक्रम राना मगरले भवन बनाउने चाहाना पुरा भएपनि भवनको पुर्णता दिने पूरा नभएको बताउँदै भवन निर्माण गर्नको लागि सम्पुर्ण सैनामैना नगरवासीहरू, देश विदेशमा रहनुहुने सम्पुर्णलाई सक्दो आर्थिक सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।

भवन निर्माण गर्दा १ करोड ३७ लाख ४९ हजार ३ सय ९७ रूपैयाँ खर्च भएको भवन निर्माण समितिका संयोजक टेक बहादुर रेश्मी मगरले जानकारी दिनुभयो ।

भवन निर्माण गर्नको लागि विभिन्न संघ संस्था र व्यक्तिगत चन्दादाताबाट ७९ लाख ९६ हजार ८ सय ८४ रूपैयाँ, संसदिय विकास कोषबाट २२ लाख ५२ हजार १ सय ७७ रूपैयाँ, सैनामैना नगरपालिकाबाट ९ लाख ५६ हजार, संस्थाको जग्गा बिक्रीबाट ५३ लाख २५ हजार गरी १ करोड २३ लाख ५ हजार ६१ रूपैयाँ आम्दानी रहेको छ । केही चन्दादाताबाट कवुल भएको मध्ये ६ लाख ६ हजार ९ सय २१ रूपैयाँ रकम उठ्न बाकी रहेको समेत जानकारी गराईएको थियो ।

नेपाल मगर संघ सैनामैना नगर समितिका अध्यक्ष सुर्य बिक्रम राना मगरको अध्यक्षता, नेपाल मगर संघ प्रदेश ५ का सदस्य तथा रूपन्देही सह९ईन्चार्ज संजीव थापा मगरको प्रमुख आथित्यता तथा नेपाल मगर संघ रूपन्देही जिल्ला सदस्य पुजेन्द्र श्रीस मगर, आदिवासी जनजाती महासंघ सैनामैना अध्यक्ष क्या। मोती प्रसाद राना मगर, नेकपा रूपन्देही जिल्ला सदस्य तथा रूपन्देही क्षेत्र नं। ५ का संयोजक नर बहादुर थापा मगर, पर्रोहा पर्मेश्वर बोलबमलधामका उपाध्यक्ष तम बहादुर पुर्जा मगर, नेपाल मगर संघ सैनामैना नगर समितिका प्रेस संयोजक सुरज थापा मगर लगायतको आथित्यता रहेको थियो ।

भवन १ कट्ठा ९ धुरमा फैलिएको छ भने मगर संघको भवन सैनामैना ४ संगम टोलमा अवस्थित रहेको छ ।

कार्यक्रम संस्थाका कोषाध्यक्ष यम बहादुर पल्ली मगरको स्वागत तथा सचिव बिष्णु सर्तुङ्गे मगरको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : शनिबार, असार १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij