काठमाडौँ
सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । भोली मदन भण्डारी जयन्ती भएको हुँदा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र र्पिसअसार १५ भएकोले बैठक १६ गते बालुवाटारमै बस्ने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो ।
बुधबारबाट सुरु भएको बैठकको तेस्रो दिन पनि भारतसँगको सीमा विवादमै केन्द्रित भएर छलफल भएको थियो । बैठकमा २१ स्थायी कमिटी सदस्यले धारणा राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । देवेन्द पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ्, जनादर्न शर्मा, गिरिराजमणी पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्द कुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, शक्ति बस्नेत, बामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ्, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कँडेलले बोल्नुभएका ेथियो बोल्ने सबै नेताहरुले नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशित गर्ने र त्यसलाई संविधानको अनुसूचिमा समेत समावेश गर्ने काम गरेर ऐतिहासिक पहल गरिएको भन्दै सरकारको प्रशंसा गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। उहाका अनुसार अब राष्ट्रिय एकता कायम गरेर नै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गम्भिर कदम चाल्नुपर्नेमा सबै नेताहरुले जोड दिएका थिए ।
हिजोको बैठकमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि सरकारले गरिरहेको पहलबारे ब्रिफिङ गर्नुभएका ेथियो। नेपालले भारतसँग बारम्बार वार्ताका लागि प्रस्ताव गर्दा पनि भारत वार्ताका लागि सकारात्मक नदेखिएको मन्त्री ज्ञवालीले ब्रिफिङ गर्नुभएको थियो ।
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्