बुटवल सुकुम्बासीका दलित यूवा संगठित, छुवाछुत विरुद्ध सक्रिय हुने

बुटवल सुकुम्बासीका दलित यूवा संगठित, छुवाछुत विरुद्ध सक्रिय हुने

बुटवल –  दैशैभर दलित समुदायमाथि जातीय भेदभावकै कारण हत्या तथा हिंसा हुन थालेपछि बुटवल सुकुम्बासी बस्तीका यूवाहरु संगठित रुपमा विभेद विरुद्धको अभियानमा सामेल भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा न. ११ सिरानगाउँ मझुवाका दलित समुदायका यूवाहरुले संयुक्त दलित यूवा समाज गठन गरेर विभेद विरुद्धको अभियान सञ्चालन गर्न एक जुट भएका हुन् ।

शनिबार संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यतामा भएको भेलाले विक्रम परियारको अध्यक्षतामा उक्त समाजको तदर्थ समिति गठन भएको हो । दलित समुदायले भोगेका जातीय भेदभाव विरुद्ध यूवाहरुबाट रचनात्मक अभियान सञ्चालन गर्ने, नेतृत्व विकास र टोलको विकासमा समेत हातेमालो गर्ने गरि समाज गठन गरेको यूवाहरुले बताएका छन् ।

समाजको उपाध्यक्षमा प्रमोद सुनार, सचिव आयुष्मा खाती, सहसचिव घनश्याम परियार कोषाध्यक्षमा आशा नेपाली, र सहकोषाध्यक्षमा एलिना परियार चयन भएका छन् । यसैगरि सदस्यहरुमा मनिष परियार, रामचन्द्र परियार, जीवन दर्जी, कार्यक्रम संयोजकमा भूमिका परियार र मनोज सुनार चयन भएका छन् । यसैगरि सल्लाहकारमा विजय विश्वकर्मा, सुनिल विश्वकर्मा, सुरेश परियार, खेम बहादुर विशवकर्मा र सन्दिप परियार रहेका छन् ।

उक्त तदर्थ समिति गठनका अवसरमा बोल्दै संविधानसभा सदस्य तथा दलित अधिकारकर्मी विनोद पहाडीले समाज रुपान्तरणका लागि यूवाहरुले थालेको काम निकै प्रशसंनीय रहेको बताए । उनले राज्यले विकासमा पछाडि राख्ने सुकुम्बासी बस्तीका दलित समुदायका यूवाहरुले समाज रुपान्तरणसँगै आफ्नो क्षेत्रको विकासमा लाग्न संस्थाको आवश्यकता महसुस गर्नु नै ठूलो उपलब्धि भएकाले अब यूवाहरुको उर्जालाई संरक्षणको खाँचो रहेको बताए ।

सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य विनोद परियारले जातीय विभेद राज्यद्धारा लादिएको व्यवस्था भएकाले अब यसको अन्त्य विना समाजको विकास सम्भव नभएको बताए । राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश ५ का सचिव सञ्जय सौगातले अबको पुस्तालाई विभेद विरुद्धको अभियानमा सामेल बनाउने दायित्व यूवा पुस्ताको भएकाले त्यसको अगुवाईमा सफलाको शूभकामना दिए ।

पछिल्लो समयमा रुकुममा अन्तरजातीय प्रेम गरेका नवराज विकको जातीय विभेदकै कारण हत्या भएको तथा देशैभर विभिन्न खालका विभेदहरु कायम रहेकाले समाजलाई सजग र यूवाहरुलाई समेत सचेत गराउन समाजको स्थापना गरिएको सल्लाहाकार सुरेश परियारले बताए । सामाजिक न्याय सहित यूवाहरुको सृजनशिलता विकास गर्ने गरि आफूहरुले काम गर्ने अध्यक्ष विक्रम परियारले बताए ।

प्रकाशित मिति : शनिबार, असार १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij