काठमाण्डौ – मलेसियाबाट स्वदेश फर्कने नेपालीलाई मलिण्डो एअरले सरकारले तोकेकोभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तोमा ल्याइदिने भएको छ ।
हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले तोकेको भाडाभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तो भाडादर मलिण्डो एअरले तोकेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । मलेसियाबाट काठमाण्डौ आउने चार्टर्ड उडानको भाडादर हिमालय र नेपाल एअरलाइन्सको १५ सय ९० मलेसियन रिंगिट अर्थात आजको विनिमयदर अनुसार ४४ हजार ७९५ रुपैयाँ रहेको छ ।
तर मलिण्डो एअरले १५ सय मलेसियन रिंगिंट अर्थात आजको विनिमय दर अनुसार ४२ हजार २२५९ रुपैयाँ तोकेको छ । एअरलाइन्स वा अन्य एजेण्ट कसैले पनि योभन्दा बढी भाडा मागेमा नदिन र नतिर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।कुनै बहानामा बढी भाडा मागेमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रकाशित मिति : आइतबार, असार १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्