काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा १०५ महिला र ३५८ पुरुष गरी ४६३ जना नयाँ संक्रमित थपिएको जानकारी दिइएको हो ।
हालसम्म नेपालका ७७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देशभर १२ हजार ७७२ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् ।
हालसम्म ३ हजार १३ जना निको भएर घर फर्किएका छन् । जसमध्ये २५५ जना महिला र २ हजार ७५८ जना पुरुष रहेका छन् । आइतबार १८९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।
आइतबार देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, असार १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्