बुटवल ।
बुटवलको कोरोना विशेष अस्पतालबाट सोमवार ७ संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये ३ जना आईसियु र अन्य ४ आइसोलेसनका रहेको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताउनभयो ।
घर जानेमा कोरोना विशेष अस्पतालबाट रिफर भई आएका दाङका मधुमेह र निमोनिया समेत देखिएका बिरामी सहित दाङका अर्का १ जना, रुपन्देहीका १, गुल्मीका १, नवलपरासीका २, र कपिलवस्तुका १ जना पुरुष रहेको डा थापाले बताउनुभयो ।
अहिले अस्पतालको आइसियुमा २ र आइसोलेसनमा ८ बिरामी उपचाररत रहेको डा थापाले जनाउनुभयो । यी बिरामी सिम्टोमेटिक हुन् । तर आइसियुमा रहेका बाहेकमा गम्भिर लक्षण देखिएको छैन । घर पठाइएका बिरामीलाई सेल्फ क्वारेन्टँईनमा बस्न र स्वास्थ्यका नियम पालना गर्न भनिएको उहाले बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, असार १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्