लम्टियामा बिद्युत ट्रान्सर्फमर जडान

लम्टियामा बिद्युत ट्रान्सर्फमर जडान

बुटवल।

लो भोल्टजको समस्या भोगिरहेका सैनामैना ७ लम्टिया क्षेत्रमा नयाँ ट्रान्सफर्मर ल्याईएको छ । संसद, पुर्व अर्थ राज्यमन्त्री तथा प्रतिनिधि सभा संसदिय लेखा समितिका सभापति माननीय संसद भरत कुमार शाहको पहलमा नयाँ ट्रान्सफर्मर ल्याईएको हो ।
लम्टिया क्षेत्रका करिब १ सय घरपरिवारले लो भोल्टेजको समस्या भोग्दै आएको स्थानीय कृष्ण ज्ञवालीले जनकारी दिए । नेपाली काङ्ग्रेसका नेता खिमराज पोख्रेलले विद्युत कार्यालय मार्फत लम्टिया मै नयाँ ट्रान्सर्फमर जडान गरेर सहयोग गरेकोमा शाहलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा बोल्दै शाहले जनताको सेवाको लागि आफुले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।

नयाँ ट्रान्सर्फमर आएसंगै अहिले सिंगो गाउँ हर्षित बनेका छन् । स्थानीय शिवराज पोख्रेलले आफुहरु लो भोल्टेजको समस्याबाट गुज्रीरहेको र अब त्यो समस्या समाधान हुने तर्क गरे ।

भोल्टेज नभएर लाईन जडान भएपनि टुकि वाल्नु पर्ने वाध्यता रहेको बताउँदै स्थानीय राजन भट्टराईले भरत कुमार शाहले गरेको सहयोग प्रति भन्यवाद ब्यक्त गरे ।

लम्टिया र बयरकट्टी जोड्ने इङ्ग्गुरिया खोलामा पक्की पुल, लम्टियामा सिचाइको लागि टुबेल र लुम्बिनी रोड देखि लम्टियासम्म जोड्ने बाटो ग्राबेल पनि शाहकै पहलमा भएको थियो ।

तिनपटक सम्म लगातार रुपन्देही ५ बाट जितेका शाहलाई अझैपनि जिताउने स्थानियले बताएका थिए ।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij