बुटवल
प्रदेश सरकारले आफना कार्यालय सजावटमा स्वदेशी काठजन्य सामग्रीहरु अनिवार्य प्रयोग गर्ने उद्योगमन्त्री लिला गिरीले बताउनु भएको छ ।
फर्निचर उद्योगमैत्री नीति बजेटमा समावेश भएको भन्दै बुटवल फर्निचर उद्योग संघले बझाएको धन्यबाद ज्ञापनपत्र बुझदै मन्त्री गिरीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कामलाई प्रदेश सरकारको नीति रहेको बताउनु भयो ।
उहाँले कच्चा पदार्थको सहज उपलब्ध नहुनु, स्वदेशी सामान गुणस्तर नहुनु र भाउ महङो हुदा पनि विदेशी सामग्री भित्रेको धारणा राख्नु भयो ।
नेपाली युवालाई तालिम दिएर दक्ष बनाउनेतर्फ लाग्न मन्त्री गिरीले सुझाव दिनु भयो ।
संघका सल्लाहकार विष्णु कुमार श्रेष्ठले जग्गाको समस्याका कारण २४ घण्टा मेशिन चलाउन समस्या रहेको बताउनु भयो ।
विसं २०४६ सालदेखि औधोगिक क्षेत्रको विषय उठान गरे पनि यो समाधान नहुदा कठिनाई भएको भन्दै फनिर्चर ग्राम घोषणा गरि त्यहा उद्योग संचालनको वातावरण गराउन माग गर्नु भयो ।
कार्यक्रममा बुटवल फनिर्चर उद्योग संघका अध्यक्ष विष्णु प्रसाद पाण्डे, माधव पौडेल, निवर्तमान अध्यक्ष नरेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुरेन्द्र ज्ञवाली, महासचिव जिवकान्त काफलेले प्रदेश सरकारले प्रविधिमा सहयोग गरे नयाँ युवाहरुलाई तालिम संचालन गर्ने बताउनु भयो ।
मलेसियाको साल नेपालमा सबैभन्दा बढी प्रयोग हुदै आएको छ । रुपन्देहीमा १ सय ७० ब्यवसायीहरु रहेका छन ।
प्रकाशित मिति : बिहिबार, असार १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्