विश्वका अधिकांश देशले लकडाउन खुकुलो गरेसँगै संक्रमित र संक्रमणले हुने मृत्यु बढयो

विश्वका अधिकांश देशले लकडाउन खुकुलो गरेसँगै संक्रमित र संक्रमणले हुने मृत्यु बढयो

काठामाडौं ।
पछिल्लो समय कोरोना संक्रमित र कोरोना संक्रमणका कारण हुने मृत्यु पुनः बढेको छ । विश्वका अधिकांश देशले लकडाउन खुकुलो गरेसँगै संक्रमित र संक्रमणले हुने मृत्यु बढेको हो ।
कडा लकडाउन हुञ्जेल संक्रमण र संक्रमितको मृत्युको संख्या नियन्त्रणका रहे पनि लकडाउन खुकुलो हुँदै जाँदा संक्रमण बढ्दै गएको छ ।
कोरोनाले महामारी लिएको सुरुको चरणमा दैनिक ६ हजारको सेरोफेरोमा मृत्यु भएकोमा लकडाउनमा कडाइ गरेपछि यो संख्या घटेर १ देखि तीन हजारमा झरेको थियो । तर पछिल्लो समय यो संख्या पुनः बढेर ५ हजार नाघ्न थालेको छ । केही दिन यता २४ घण्टामा करिब ५ हजार तथा त्यसभन्दा धेरै संक्रमितको मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को तथ्यांकले देखाएको छ ।

अप्रिल १७ मा एकै दिन १२ हजार कोरोना संक्रमितको मृत्यु भएको डब्ल्यूएचओको तथ्यांकमा उल्लेख छ । अप्रिल र मेमा पिकमा पुगेको मृत्यु दर जुनमा घट्दै आएकोमा जुनको अन्तिमबाट पुनः ५ हजार, साढे ५ हजारको हाराहारीमा मृत्यु भइरहेको डब्ल्यूएचओको तथ्यांकले देखाउँछ ।

संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ । मे महिनाको अन्तिमसम्म करिब १ लाख संक्रमित दैनिक थपिने गरेकोमा यो संख्या बेढेर अहिले करिब २ लाखको नजिक पुगेको छ ।

मे १८ मा पहिलो पटक २४ घण्टामा सबैभनदा धेरै १ लाख संक्रमित थपिएका थिए । त्यसपछिका केही दिन लगातार यो संख्यामा उतारचढाव आए पनि पछिल्ला केही हप्ता यता भने करिक २ लाखको हाराहारीमा संक्रमित थपिँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार जुन २८ मा सबैभन्दा धेरै १ लाख ९० हजार ५६६ संक्रमित एकै दिन थपिएका थिए । पछिल्लो २४ घण्टामा २ लाख कोरोना संक्रमित थपिएको बताइए पनि विश्व स्वास्थ्य संगठनले भने यो तथ्यांक अपलोड गरिसकेको छैन ।

भारत, अमेरिका, ब्राजिलमा पछिल्लो समय तिव्र गतिमा संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा पछिल्लो समय हरेक हप्ता १ लाख संक्रमित थपिरहेका बीबीसीले जनाएको छ ।

संक्रमित थपिए पनि गम्भीर अवस्थामा पुग्ने संक्रमितको दर भने घट्दै गएको छ । कोरोना महामारीको सुरुको समयमा गम्भीर संक्रमितको प्रतिशत ५ रहेकोमा अहिले यो घटेर १ प्रतिशतमा ओर्लिएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ३३ हजार ७७९ पुगेको छ । ५ लाख १२ हजार ८४२ संक्रमितको ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म १४ हजार ५१९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij