बुटवल
नेपाल कम्युनिष्ट पाटी नेकपाका युवा विद्यार्थीहरुले रुपन्देही जिल्ला पार्टी कार्यालय भैरहवामा धर्ना दिएका छन् । पार्टी भित्रको असहमतिलाई विधि र पद्धतिबाट समाधान गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद चुलिएका बेला उनीहरु प्लेकार्ड बोकेर धर्नामा उभिएका छन् ।
धर्नामा युवा विद्यार्थीहरुले ‘तिमी पार्टी मान्दैनौरु पार्टी नमान्नेलाई हामी नेता मान्दैनौं, व्यक्ति होइन, नीतिप्रधान पार्टी निर्माण गरौं, पार्टी एकता जिन्दावाद, कम्युनिष्ट पार्टी नीति प्रधान हो, नेता प्रधान होइन’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य लक्ष्मी केसी, नेकपा रुपन्देहीका सदस्य जीवलाल अर्याल, नेकपा सिद्धार्थनगर सचिवालय सदस्य नारायणप्रसाद भण्डारीको नेतृत्वमा गरिएको धर्ना कार्यक्रममा युवा विद्यार्थीसँगै नेकपाका जिल्ला स्तरका नेताको समेत सहभागिता थियो । उनीहरूले शीर्ष नेतृत्वले आ–आफ्ना हठ त्यागेर संकटमा पुगेको पार्टी एकतालाई जोगाउन आग्रह गरेका छन् ।
उनीहरूले शीर्ष नेताहरूलाई आ आफ्नो कमि कमजोरी सच्याउँदै पार्टीको संस्थागत निर्णय मान्नुपर्ने बताएका छन् । पार्टी एकतालाई तल्लो स्तरमा विस्तार नगरिसकेको अवस्थामा शीर्ष नेतृत्वबाटै फुटको अवस्थामा ल्याउनु दुर्भाग्यपूर्ण भएको उनीहरुको भनाइ छ ।
प्रकाशित मिति : आइतबार, असार २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्