कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

काठमाडौं ।
कोरोना भाइरस ९कोभिड १९० को कारण स्थगित रहेको यस वर्षको कक्षा ११ को परीक्षा नहुने भएको छ ।
नियमित रुपमा गत बैशाख २५ गतेबाट शुरु गर्ने भनिएपनि अन्ततः कोरोनाको जोखिम थपिएसँगै नहुने भएको हो । शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले विध्यार्थीहरुसँग परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेको हो ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेल अध्यक्ष रहेको उक्त बैठकले आन्तरिक मूल्यांकनको कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ ।

बोर्डले बनाएको कार्यविधिका आधारमा सम्बन्धित कलेजहरुले आन्तरिक मूल्यांकनको आधारमा विध्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २५ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो। तर चैत २५ गते बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको थियो।

कोरोना महामारीको कारण गत चैत ६ गतेबाट भनिएको एसईई परीक्षा रोकिएको र आन्तरिक मूल्यांकनको आधारमा नै प्रमाणपत्र दिइने भएको छ

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij