बुटवल ।
लियो क्लब अफ बुटवलको पहिलो बोर्ड तथा साधारण बैठकले बार्षीक कार्ययोजना तथा बजेट प्रस्तुत गरेको छ । क्लबका अध्यक्ष हिमालय भुषालको अध्यक्षतामा भएको कार्यक्रम बर्षभरी गरिने बिभिन्न कार्र्यक्रमहरुका बारेमा पनी जानकारी गराइएको थियो । बर्ष २०२०, २१ को कार्ययोजना तथा बजेट प्रस्तुत गर्दै क्लबले समाजीक सचेतना सम्बन्धि कार्यक्रमलाइ प्राथमिकतामा राखेको छ । यस्तै महिला भलिबल, टेबल टेनिस प्रतीयोगीता , स्कुल लेभलमा खुल्ला नेतृत्व बिकास, नेत्र परिक्षण लगायतका कार्यक्रमहरु तय गरिएको क्लबले बताएको छ । बिधालयमा निशुल्क सेनेटरी प्याड बितरणदेखी सामाजीक उत्तरदायीत्वका बिभिन्न कार्यक्रमहरु क्लबले सन्चालन गर्ने अध्यक्ष भुषालले जानकारी दिए ।
बैठकमा संस्थाका संस्थापक अध्यक्ष महेन्द्र नारायण श्रेष्ठ, लियो सल्लाहाकार दिनेश श्रेष्ठ, बुटवल लायन्स अध्यक्ष सन्जय जैसवाल, लायनेस अध्यक्ष मिश्रा श्रेष्ठ, पुर्व अध्यक्ष अनिल श्रेष्ठ, सन्दीप कशौधन, कृष्णकुमार श्रेष्ठ, लगायतले शुभकामना ब्यक्त गरेका थिए । बैठकले क्लबको अध्यक्ष सल्लाहाकारमा पुर्वअध्यक्ष महेश खनाल र प्रेस सल्लाहाकारमा दिपक न्यौपानेलाइ नियुक्त गरेको छ । प्रथम उपाध्यक्ष रमेश न्यौपानेको स्वागत मन्तब्य र संस्थाका सचिब सुबिन थान्जुको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष अभिनाश श्रेष्ठ, लगायत क्लबका पुर्व अध्यक्षहरु,तथा लायन्स जिल्ला परिषदमा आशिन बिभिन्न ब्यक्ति तथा लियो सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : आइतबार, असार २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्