सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग, संसद स्थगनको विषय नचर्काइदिन आग्रह

सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग, संसद स्थगनको विषय नचर्काइदिन आग्रह

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएका अवस्थामा सत्ता सहयोगका लागि आफूसँग आग्रह गरेको जानकारी दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेका केन्द्रीय कार्यसमिति बैठकमा उहाँले प्रधानमन्त्री ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको भेटका बारेमा जानकारी दिनुभएको हो ।

असार १७ गते प्रधानमन्त्री ओलीसँग भेटको वातावरण भने केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले तय गरेको जानकारी पनि उहाँले दिनुभएको छ ।

सभापति देउवाले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भने संवैधानिक अंगका रिक्त पद, एमसीसी, नागरिकता विधेयकका बारेमा छलफल भएको जानकारी गराउनुभएको हो ।

बैठकमा केन्द्रीय सदस्य डा. रिजालले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भएको भेटवार्ताका बारेमा थप जानकारी गराउनुभएको थियो ।

नेकपाभित्रको सत्ता संघर्ष चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली र देउवा एवं देउवा र नेम्बाङबीचको भेटवार्ताले राजनीतिक बजारमा सनसनी मच्चाइरहेको छ ।

केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यसम्बन्धमा आएका समाचारबारे प्रष्ट गर्न भनेपछि देउवाले बैठकमा यसबारेको जानकारी दिनुभएको हो ।

ओलीले सहयोग मागेको र आफूले गणतन्त्रलाई नै खतरामा पार्नेगरी जाने भए मान्य नहुने तर अरु सहयोगका लागि भने पार्टीमा सल्लाह गरेर निर्णय गर्ने बताएको उहाँले बैठकलाई जानकारी दिनुभयो ।

नेकपा नेता नेम्वाङले केन्द्रीय समिति बैठकमा संसद स्थगितको विषयलाई नचर्काइदिन आफूसँग आग्रह गरेको देउवाको भनाइ थियो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन कार्यतालिकाकाको बारेमा प्रस्ताव राख्नु भएको छ ।

प्रकाशित मिति : आइतबार, असार २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij