भैरहवा
रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबबाट बालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भिर घाईते लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं११ महदेवाका ८ वर्षीय शिव लोध उपचारको क्रममामृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
हिजो साँझ हुलाकी सडक खण्डको महादेवामा पैदल यात्रा गरिरहेका लोधलाई पर्साबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट दाहिने खुट्टा र बायाँ हातमा चोट लागि घाईते भएका उनलाई उपचारकालागि तत्कालै मेडिकल कलेज भैरहवा लगिएको थियो ।
उनको उपचारकै क्रममाआज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । ठक्कर दिएको ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, असार २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्