काठमाण्डौ
लगातारको वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।
पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका २ कमेरेफाँटमा आज बिहान ५ बजे पहिरो जाँदा यो सडकखण्डमा गाडी चल्न सकेका छैनन् ।
यस्तै कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । गुराँस गाउँपालिका वडा नम्बर १ मा पनि आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यस्तै ठाउँठाउँमा पहिरो खस्दा म्याग्दिको बेनी जोमसोम सडकखण्ड पनि अवरुद्ध छ ।
यस्तै पहिरोका कारण अवरुद्ध काठमाण्डौ सिस्नेरी हुँदै मकवानपुर जाने सडकखण्ड अझै सञ्चालमा आएको छैन । ३ दिनअघि इन्द्रसरोवर गाउँपालिका ३ र ज्यामिरेमा ठूलो पहिरो खस्दा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन नसकेको हो । अस्तिदेखि यो सडकखण्ड अवरुद्ध भएको हो । खुलाउने प्रयास भइरहे पनि कति समय लाग्छ भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ ।
यस्तै काठमाण्डौ फाखेल हुँदै हेटौँडा जाने बाटो पनि अवरुद्ध नै छ । यहाँ पनि विभिन्न ठाउँमा पहिरो गएकाले अस्ति बिहीबारदेखि गाडी चल्न सकेका छैनन् ।
प्रकाशित मिति : शनिबार, असार २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्