काठमाडौं ।
सातवटै प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएको भन्दै जल तथा मौसम विधान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागले वर्षाका कारण सडक तथा हवाई सेवा पनि प्रभावित हुनसक्ने जनाएको छ ।
आज देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
प्रकाशित मिति : शनिबार, असार २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्