भारतबाट सलहको नयाँ झुण्ड नेपाल आउने सम्भावना बढ्यो, सतर्क रहन आग्रह

भारतबाट सलहको नयाँ झुण्ड नेपाल आउने सम्भावना बढ्यो, सतर्क रहन आग्रह

काठमाण्डौ
प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ । उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता अपनाउन र पूर्वतयारी गर्न केन्द्रले अनुरोध गरेको हो केन्द्रले जरुरी सूचना निकालेर ती झुण्ड एकरदुई दिनभित्रै धनुषा, सर्लाही तथा महोत्तरी आसपासबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताएको छ । यस्तै राजस्थानको विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि दुईरतीन दिनभित्र प्रदेश पाँच र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।
आगामी सोमबारसम्म पानी पर्ने सम्भावना रहेकोले सलह आइपुग्न केही अवरोध पर्ने देखिए पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना धेरै रहेको भन्दै केन्द्रले नियमित निगरानी र सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij