आइतबार थपिए ८२ संक्रमित, उपत्यकामा संक्रमित संख्या ३४७ पुग्याे

आइतबार थपिए ८२ संक्रमित, उपत्यकामा संक्रमित संख्या ३४७ पुग्याे

काठमाडौं

गएको २४ घण्टामा ८२ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी ८२ जना संक्रमित थपिएको जानकारी दिएको छ।

यो सँगै संक्रमित संख्या १६ हजार ८०१ पुगेको छ। पछिल्लो २४ घण्टामा २५ प्रयोगशालामा तीन हजार ९१६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। गएको २४ घण्टामा १४७ जना निको भएर घर फर्किएका छन्।

आइतबार सहित अहिलेसम्म आठ हजार १७४ निको भएर घर फर्किएका छन्। देशभरका क्वारेन्टिनमा २३ हजार ७८४ जना छन् भने आइसोलेसनमा आठ हजार १७४ छन्। अहिलेसम्म नेपालमा संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ।

उपत्यका बाहिर संक्रमित संख्या घटे पनि राजधानी उपत्यकामा भने संक्रमित बढेको छ। मन्त्रालयका अनुसार, काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमित हुनेको संख्या ३४७ पुगेको छ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij