बुटवल। सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको दोभानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
दोभान नजिकै करिव ३५ मिटर सडकमा लेदो सहितको पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरो खस्नेक्रम जारी रहेकाले छिटो सडक सञ्चालनको सम्भावना नरहेको प्रहरीले बताएको छ ।
पहिरोग्रस्त क्षेत्र नजिकै स्काईभेटर तयार अवस्थामा राखिएपनि ठूलो ढुंङ्गा सहितको लेदो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने काम हुन सकेको छैन ।
ट्राफिक प्रहरीले सडक बवरुद्ध भएका कारण पाल्पा बुटवल खण्डमा यात्रा तय गरेका सर्वसाधारणलाई यात्रा स्थगित गर्न अनुरोध गरेको छ ।
पाल्पा सडक खण्डमा माथिबाट लेदो झरी सड्क अबरोध हुन पुगेकोले लेदो नहटे सम्मको लागि सो सड्कमा हिनडुल तथा यात्रा नगर्न हुन जानकारीको लागि अनुरोध ।
प्रकाशित मिति : सोमबार, असार २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्