बुटवल पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै खुलेको छैन । ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए । सडक खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए ।
अहिले गाडीको आवतजावत पूर्ण रुपमा बन्द छ ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्