स्याङ्जा स्याङ्जामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका करिब ७० वर्षीय इमानसिंह राना रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए।
पहिरोमा परेका बिर्घाकै हुमाकन्त पाण्डे र बुद्ध रानाकोउद्वार गरिएको छ। प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता रहेको वडाध्यक्ष पाण्डले जानकारी दिए। इमानसिंहको घट्ना स्थलमै मृत्यु भएको हो। घाइतेहरु बुद्ध र हुमकान्तको बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेका छ। अन्य तीन जनाको खोजी कार्य भइरहेको अध्यक्ष पाण्डेले बताए। पानी परिरहेकोले उद्घार कार्यमा कठिनाई भइरहेको उनले बताए। घाइते हुमकान्त वडा नम्बर ४ का वडा सदस्य हुन्। मृतक इमानसिं पूर्वगाविस अध्यक्ष हुन्। गाउँमा खानेपानीको धारा नआएपछि मुलमा पुगेका उनीहरूलाई माथिबाट खसेको पहिरोले मंगलबार बिहान करिब करिब ८ बजेतिर पहिरोले पुरेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ। उद्वार कार्य जारी रहेको वडाध्यक्ष पाण्डले बताए।
प्रकाशित मिति : मंगलबार, असार ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्