आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।
मौसमविद गंगा नगरकोटीले अनलाइनखबरसँग भनिन्, ‘ठूलो वर्षा र लगातारको झरीको सम्भावनाचाहिँ आगामी तीन दिनलाई खासै छैन ।’
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । यसले गर्दा हल्कादेखि मध्यमखालको वर्षा सबै प्रदेशका केही स्थानहरुमा हुन सक्छ ।
मौसमविद नगरकोटीका अनुसार अहिले पनि प्रदेश नं। १ मा वर्षा भइरहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा पनि हल्का खालको वर्षा भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्