भैरहवा
विगत लामो समय देखी बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको सिद्धार्थ जेसीजको विवाद अहिले चर्किएको छ । बर्ष २०२० को अध्यक्षको लागि परेको २ उम्मेद्वारीमा दुवै जनाले आ–आफ्नै अध्यक्ष पदको दावी गरेका छन् ।।संस्थाको ४४ औं बार्षिक साधारण सभा तथा अधिवेशनमा भुवन राणा र मंगल भण्डारीले उम्मेदवारी दिएकोमा मंगल भण्डारी विजयी भएका थिए । चुनावी प्रक्रियामा नै अध्यक्ष पदका उम्मेदवार भुवन राणाले अर्का उम्मेदवार भण्डारीको उम्मेद्वारी दिने उमेर बढी भएको बताउँदै निर्वाचन समितिमा दावी बिरोध गरेका थिए । बिरोध परेपछि निर्वाचन समितिले भण्डारीको उमेर ४१ बर्ष नपुगेको बताउँदै निर्वाचन प्रक्रियालाई अगाडी बढाएको थियो । सोही अनुसार २०७६ माघ ४ गते जेसीज सिद्धार्थको निर्वाचन प्रक्रिया टुंगिएको थियो ।
निर्वाचन भएको ६ महिना पछि जेसीजको केन्द्रिय अध्यक्ष अशोक शंकरले अहिले निर्वाचित अध्यक्ष मंगल भण्डारी अयोग्य रहेको र अध्यक्ष पदका अर्का अध्यक्ष भुवन राणालाई अध्यक्षमा बैधानिकता दिएका छन् । केन्द्रले राणालाई अध्यक्ष दिएपछि सिद्धार्थ जेसीजको विवाद बाहिर आएको छ ।
आफू अध्यक्ष भएको दाबीसहित भुवन राणाले बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरे । उनले केन्द्रले निर्वाचित अध्यक्षलाई अयोग्य ठहराएको जानकारी दिए । विधानमा जेसीजको सदस्यता ४० बर्षसम्म मात्र कायम रहने उल्लेख भएको र भण्डारी बढी उमेरको भएको उनको दावी थियो । यसको लागि निर्वाचन समितिमा उजुरी दिए पनि समितिले एकोहोरो ढंगले निर्वाचन गराएको उनको आरोप छ । जिल्लामा भएको धाँधली बारे केन्द्रमा जानकारी गराएर विधिसम्मत रुपमा जाँदा र बन्दाबन्दीको कारण केन्द्रको निर्णय आउन ढिलाई भएको उनले दाबी गरे ।
यता निर्वाचित अध्यक्ष मंगल भण्डारीको आफ्नै दाबी छ । उनले आफू केन्द्रको निगाहमा नभई सिद्धार्थ जेसीजका बहुसंख्यक सदस्यले चयन गरेकोले वैधानिक अध्यक्ष आफू नै भएको दावी गरे ।
भैरहवामा एउटै संस्थाको ब्यानरमा अहिले फरक फरक अध्यक्षले कार्यक्रम गरि रहेका छन् । यसले भैरहवामा रामै्र साख रहेको सिद्धार्थ जेसीजको विवाद सतही रुपमै देखिन थालेको छ । सन १९७५ मा भैरहवामा शाखा स्थापना भए यता संस्था बिभिन्न सामाजिक कार्यमा सक्रिय रहिआएको छ । निर्वाचनको समयमा उमेरका कारण संस्थामा विवाद देखिए पनि अहिले बाहिरी रुपमै देखिने गरि विवाद चर्किएको हो
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्