सञ्चारमाध्यमकाे नवीकरण शुल्क नलाग्ने

सञ्चारमाध्यमकाे नवीकरण शुल्क नलाग्ने

काठमाण्डौ – सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ ।मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उहाँले बताउनुभयो ।

यो वर्ष कोरोना महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने सरकारले जनाएको हो ।

प्रकाशित मिति : बिहिबार, साउन १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij