काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना सङ्क्रमणको दर निकै कम भएको दाबी गर्नुभएको छ ।
फक्स न्युजसँग दिएको एउटा अन्तवार्तामा ट्रम्पले आफ्नो देशमा सबैभन्दा कम मृत्युदर रहेको बताउनुभएको हो । अमेरिकाले कोरोना परीक्षण धेरै गरेका कारण कोरोना सङ्क्रमणको दर बढी देखिएको ट्रम्पको भनाइ छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वमा ६ लाखभन्दा बढी मानिसको ज्यान गएको छ ।
जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको देखाएको छ । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४० हजारभन्दा बढी छ । तर राष्ट्रपति ट्रम्पले कोरोनाका कारण अमेरिकामा भएको मृत्युदरको तथ्यांक सही नभएको दाबी गर्नुभएको छ ।
प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्