बुटवल–
लकडाउनले गर्दा सार्वजनिक सवारीका साधन नचल्दा टाढा–टाढाबाट आउने कर्मचारीले दुख पाएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालले कर्मचारी, नर्स र डक्टरहरूलाई बोक्न दुई वटा आफ्नो गाडी सञ्चालनमा ल्याएको छ ।
लकडाउनले गर्दा सार्वजनिक सवारीका साधन नचल्दा टाढा–टाढाबाट आउने कर्मचारीले सास्ती भोग्दै आएका थिए ।
पश्चिम नवलपरासीको सुनवल, भैरहवा र सालझण्डी तीन ठाउँबाट कर्मचारीलाई बोक्नका लागि दुई वटा गाडी सञ्चालनमा ल्याएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले ६२ लाख रुपैयाँको लागतमा दुई वटा गाडी खरीद गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।उहाल ‘टाढाका कर्मचारी बन्दको समयमा समस्यामा परे । आफ्ना साधन नहुनेलाई त झनै समस्या भो । त्यसैले अस्पतालले कर्मचारी र स्वास्थ्यकर्मीलाई अस्पताल ल्याउन र घरसम्म छाडनका लागि गाडी किनेको बताउनुभयो
अस्पतालमा ६ सय कर्मचारी कार्यरत छन । अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले गाडी सञ्चालनमा आएपछि कर्मचारीलाई सहज हुने बताउन ुभयो।
अस्पतालले लकडाउनकै समयमा ओपिडी सेवा सुरु गरेको छ । त्यस्तै अस्पतालमा आउने शंकास्पद बिरामीका लागि कोरोना जाँच गर्न पीसीआर मेसिन पनि सञ्चालनमा ल्याएको छ ।
प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्