काठमाडौं ।
नोभेल कोरोना भाइरसका १०० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०० संक्रमित थपिएका हुन् ।
यस साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए । सोमबार १८६ कोरोना संक्रमित थपिएका थिए भने १७३ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा गौतमले बताउनुभएकोथियो ।
त्यसैगरी लकडाउनको अन्तिम दिन १५० कोरोना भाइरस संक्रमित थपिएका थिए भने ६०९ जनाको डिस्चार्ज भएका थिए देशभर सक्रिय संक्रमितको पाँच हजार ३७० रहेको छ ।पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।
त्यसैगरी शून्य संक्रमित रहेका ७ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेका छन् ।
हालसम्म देशभर २८ वटा प्रयोगशालाहरुबाट सक्रिय रुपमा पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २०७ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ६८४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।हालसम्म देशभरबाट ७० दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ७७९ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २० हजार ८४४ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : बुधबार, साउन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्