चितवन ।
चितवनका विभिन्न नदीहरुमा बढेको पानीको बहाव घटेसँगै पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले चितवनका विभिन्न नदीले बगाएका पाँच जनाका शव भेटिएको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक तथा चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले नदीहरुमा फेला परेका शवमध्ये तीन जनाको सनाखत हुन नसकेको जानकारी दिए । उनले भरतपुर महानगरपालिका वडा नम्बर १६ का ४० वर्षीय कर्णबहादुर सुनारको शव सोही वडामा पर्ने झनझनेमा फेला परेको बताए ।
खैरहनी नगरपालिकाको बुढी राप्ती खोलामा म्याग्दीका नरबहादुर पुनको शव फेला परेको छ । प्रहरीका अनुसार उनी खैरहनी नगरपालिका वडा नम्बर ५ मा बस्दै आएका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा फेला परेका दुई र गैंडाचोक नजिकै नारायणी तिर छेउमा फेला परेको शवको भने सनाखत नभएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठिमुरामा झण्डै १५ वर्षीया किशोरी र एक पुरुष तथा नारायणी तिर छेउमा अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको हो । पाँच जनाकै शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्