अख्तियार दुरुपयोग बुटवलमा आर्थिक वर्ष २०७६र७७ मा १३ सय ३७ उजुरी

अख्तियार दुरुपयोग बुटवलमा आर्थिक वर्ष २०७६र७७ मा १३ सय ३७ उजुरी

बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा आर्थिक वर्ष २०७६र७७ मा १३ सय ३७ उजुरी परेकोमा ९ सय ४२ वटा मुद्दाक‍ मात्र फर्छ्यौट भएको छ ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा अख्तियारले आव ७६र७७को प्रतिवेदन सार्वजनिक गर्दै परेको उजुरी मध्य सबैभन्दा बढी स्थानीय तहको उजुरी परेको बताएको छ ।

अख्तियारमा परेको उजुरी मध्य सबैभन्दा बढि उजुरी रूपन्देहीको परेको छ भने रूकुम पूर्व सबैभन्दा कम उजुरी परेको छ । सबैभन्दा बढि उजुरी भने स्थानीय तहमै परेको अख्तियार बुटवलका प्रमुख डा.भिष्मकुमार भूसालले जानकारी दिनुभयो
गैरकानुनी लाभ लिने ३ जना उपसचिव, १२ जना अधिकृत , १३ जना नायव सुब्बा, ५ जना प्रधानाध्यापक, ३ जना निर्माण ब्यवसायीमाथि अख्तियारले कारवाही चलाएको छ ।

फर्छ्यौट भएका मध्ये ८६ विस्तृत अनुसन्धानमा परेका छन् भने २६६ मुद्ददामा अन्य कार्यालयलाई कारवाहिका लागि सुझाव निर्देशन दिएको छ । १२३ मुद्दा एकिकरणमा परेकाछन् भने ४४४ मुद्दा तामेलीमा गएको छ ।

अख्तियारले २६ वटा स्ट्रिन्ज अपरेसनबाट ५६ लाख ४६ हजार ३ सय ५५ असुली गरेक‍ो अख्तियार बुटवलका प्रमुख भूसालले बताउनुभयो ।
अख्तियारले स्ट्रिङ अपरेसनबाट ३ जना वडा अध्यक्ष , सरकारी अधिकृत ७ जना, प्रधानाध्यापक २ जना, नायव सुब्बा ७ जना, खरिदार ९ जना, श्रेणी बिहिन ६ जना तथा अन्य ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij