दाङ ।
जिपको ठक्करबाट घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीचोकमा पूर्वबाट पश्चिमका लागि छुटेको बा २० च ५७४४ नम्बरको जिपले शनिबार बेलुका पौने ७ बजे ठक्कर दिँदा घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षका राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरी रहेको इलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ।
गाउँका अगुवा राजकुमार चौधरीको कोहलपुरमा र बालक निसानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते अन्य तीनजनाको बुटवलमा उपचार भइरहेको छ।
राप्ती गाउँपालिका–८ पिपरीका सात वर्षकी बालिका सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र उनकी दुई वर्षकी छोरी लक्ष्मी चौधरीको बुटवलमा उपचार भइरहेको हो ।
घटनापछि स्थानीयले गरेको सडक अवरोध शनिबार राति साढे १२ बजे खुलेको थियो । गुरही सेलाउने क्रममा जिपले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
प्रकाशित मिति : आइतबार, साउन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्