काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर १ सय ३० जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरूको नतिजा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार हाल देशभर पाँच हजार ४४० सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ७५ जना निको भएर डिस्चार्ज भएका छन् भने हालसम्म कुल १३ हजार १२८ जना डिस्चार्ज भएका छन्।
प्रकाशित मिति : आइतबार, साउन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्