बुटवल ।
बुटवलको एक होटलमा बसेका ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्क स्थीत पुर्वान्चल होटलमा ७ गते देखि बस्दै आएका उनीहरुको पिसिआर परिक्षणमा कोरोना देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहका अनुसार बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना भण्डारमा काम गर्ने उनीहरु भारतबाट आएर उक्त होटलमा बसेका थिए । उनीहरु तीनै जना भारतीय नागरिक हुन ।
पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागोकारखाना रामनगरमा रहेको आईसोलेसन अस्पतालमा राखिएको सिंहले जानकारी दिनुभयो ।
अहिले पुरानो बसपार्कमा रहेको पुर्वाञ्चल होटललाई शिल गरेर त्यहा कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाईनमा राख्ने तयारी भई रहेको सिहंले बताउनुभयो ।
यो संगै बुटवलमा १९ जना कोरोना संक्रमित भेटिएका छन् ।
प्रकाशित मिति : सोमबार, साउन १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्