पाल्पाको रामपुर नगरपालिका ७ मा खीर खाएका २१ जना गाउँले बिरामी परेका छन्। रामपुर ७ मोहटीका ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको पुण्यतिथिको अवसरमा खीर खाएका आफन्तसहित मोहटी र कठान गाउँका बासिन्दा बिरामी भएको रामपुर अस्पताल पाल्पाले जनाएको छ।
अहिले मोहटी, कठान क्षेत्रका करिब २९ जना स्थानीय उपचारको लागि रामपुर अस्पताल आएको रामपुर अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिए। बिरामीमा टाउँको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने लगायतको समस्या देखिएको अस्पतालका सूचना अधिकारी कोइरालाले बताए।
रामपुर अस्पतालमा उपचार भएका २९ जना मध्ये १३ जनालाई थप उपचारको लागि तानसेन स्थित लुम्बिनी मेडिकल कलेज रेफर गरिएको छ भने १६ जनाको रामपुर अस्पतालमै उपचार भईरहेको छ।
रेफर गरेकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
बिरामीमध्ये ८ जना पुरुष, २१ जना महिला छन् भने ३ जना १४ वर्षमुनिका बालबालिका रहेका छन्। बिरामीले बताएअनुसार उनीहरुले खीरसँग तरकारी र अचार खाएका थिए।
प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्