सियारी
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका भित्र रहेका महिलाहरुलाई विभिन्न किसिमका सिप सिकाई रहेको छ । महिलाहरुलाई आत्मानिर्भर गराउने उद्देश्यले गाउँपालिकाले विभिन्न किसिमका सिपमुलक तालिम सिकाईरहेकोे हो ।
गाउँपालिकाले जनप्रतिनिधि आई सकेपछि अहिले सम्म सिलाई कटाई, कढाई, बुटिक, फेसन डिजाईन, ड्राईभिङ, कुक, दोभासे तालिम, महिलाहरुलाई बाध्यबाधन तालिम, अचार बनाउने तालिम, कानुनी सचेतना लगाएतका तालिम दिईसकिएको गाउँपालिकाले जनाएको छ ।
फेसन डिजाईन लेवल २को तालिम समापन
सियारी गाउँपालिका वडा नं। ५ वनघुसरीमा संचालित निशुल्क तीन महिने एड्भान्स फेशन डिजाइन तालिम बुधवार समापन गरिएको छ । सियारी गाउँपालिकाको सहयोग र ए फोर ट्रेनिङ्ग सेन्टरको व्यवस्थापन तथा आयोजनामा तालिम संचालन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएका सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले सिकेका सिपलाई प्रशिक्षर्थीहरुलाई ब्यवहारमा उतार्न अनुरोध गर्नु भयो । सिपले आयआर्जन गर्ने वातावरण सृजना गर्ने र पारिवारको आयस्रोतमा वृद्धि गर्ने हुंदा यस खालका तालिम अगामी दिनहरुमा पनि गरिने कुरा उहाँले बताउनु भयो । कतिपय युवाहरु सिप नभएका कारण दःुख पाउने गरेको र स्वादेशमै रोजगार श्रृजना गर्नका लागि सिपमुलक तालिमको आयोजना गरिएको उहाँको भनाई छ ।
जनप्रतिनिधि आईसकेपछि विभिन्न किसिमका तालिमहरु प्रदान गरिएको वडा अध्यक्ष थम्मन बहादुर पौडेलले बताउनु भयो । रोजगार मुलक तालिमले रोजगार तथा स्वादेशी उत्पादनमा वृद्धि हुने उहाँको भनाई छ ।
तालिममा सहभागी प्रशिक्षर्थीहरुले निरन्तर काम गरे उद्यमी गर्नेहरुलाई गाउँपालिकाबाट पुरास्कार दिने कार्यपालिका सदस्य देवकी खरेलले बताउनु भयो ।
ए फोर ट्रेनिङ्ग सेन्टरका प्रवन्धक निर्देशक हेमा वेलबासे केसिले प्रशिक्षर्थीहरुले काम गर्न थाले पछि बजार ब्यवस्थापन गरिदिने बताउनु भयो ।
कार्यक्रममा लेखा अधिकृत नारायण पौडेल, योजना शाखा प्रमुख रोमलाल पुरी, कार्यपालिका सदस्य विष्णु रायमाझी, वडा नं। ५का वडा सदस्य गोरख थारु, वडा सदस्य गीता हरिजन,सामाजिक विकास शाखाकी लक्ष्मी खत्री प्रशिक्षथीहरु विमला ढकाल, विष्णु कार्की, दुर्गा तिवारी लगाएतले तालिमका बारेमा बोल्नु भएको थियो । तालिमको प्रमुख प्रशिक्षक नम्रता पचभईया मगरले प्रशिक्षण दिनु भएको थियो । तालिममा सियारी गाउँपालिकाका वडा नं। ४ र ५ का २२ जना महिलाहरु सहभागी रहेका थिए ।
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्