काठमाडौं ।
गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ ।
हिजोविज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको हो ।मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय ९साउन १५० देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइने भएको छ ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन निर्देशन दिइएको छ
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्