१० जना नेतालाई तत्काल रिहाइ नगरे विप्लव कडा प्रतिरोधमा उत्रिने

१० जना नेतालाई तत्काल रिहाइ नगरे विप्लव कडा प्रतिरोधमा उत्रिने

साउन
विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जना नेता कार्यकर्ता पक्राउ गरेका लाई तत्काल रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले चेतावनी दिएकोे छ ।
प्रहरीले नेकपाका जिल्ला इन्चार्ज सङ्गम सहित बिष्णु भट्टराई, नाथुप्रसाद थारुसँगै सरिता बराह, पारस राहादी मगर, अजमहमद मिया, बलबहादुर दर्जी, माधव न्यौपाने, तुल्सीराम भण्डारी, रोशन रिजाललाई शुक्रवार पक्राउ गरेको थियो ।
नेकपाले पार्टी नेता कार्यकर्तासँगै ‘हतियार भेटिएको’ समाचार झुठा र अनर्गल भएको बताएको छ ।
लुम्बिनी ब्युरो इन्चार्ज भीमले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै साउन १६ गते पक्राउ परेका आफ्ना नेता कार्यकता तथा शुभचिन्तकलाई रुपन्देही जिल्लाको बुटवलबाट प्रहरीले गिरफ्तार गरेको घटनाले सिङ्गो पार्टी पंक्तिलाई स्तब्ध र आक्रोशित बनाएको बताएको छ ।
विज्ञप्तीमा इन्चार्ज भीमले सुकुम्बासी बस्तीमा स्थानीय जनताका समस्याबारे छलफल गरिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै देश कोरोना सङ्कट र प्राकृतिक विपत्तिले भयावह भइरहेको बेला केपी–प्रचण्ड नेतृत्वको सरकारले पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई हतियार भेटिएको भनि झुठा मुद्दा लगाएर जेल चलान र दमनबाट क्रान्तिलाई निस्तेज गर्ने दिवासपना देखिरहेको बताएका छन् ।
गिरफ्तार गरिएका पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई यथाशिघ्र रिहा गरियोस् यसो नगरिए पार्टी सशक्त प्रतिरोधमा उत्रिन बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘

प्रकाशित मिति : शनिबार, साउन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij