बुटवल
नेपाल स्वास्थ्यकर्मी संघको देवदह नगर समिति गठन गरिएको छ । शनिबार देवदहमा भएको लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरुको भेलाले नगर समिति गठन गरेको हो ।
नवगठित समितिको अध्यक्षमा गंगाबहादुर थापालाई चयन गरिएको छ । त्यस्तैगरी समितिको उपाध्यक्ष पदमा रमेश चौधरी, विष्णु केसी, ईन्दिरा खरेल र भगवती भण्डारी, सचिवमा दिपक पौडेल तथा कोषाध्यक्षमा समिरा पौडेललाई चयन गरिएको नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीका सचिव घनलाल अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै समितिको सहसचिवमा कमला शर्मा, रमा गौतम, नारायणी पौडेल तथा प्रकाश पाण्डे तथा सदस्यहरुमा अनिता पण्डित, नविना राना, निर्मला राना, होमकला शर्मा, राजकिशोर चौधरी, अम्बिका यादव, दिलमायाँ पुन र खुसीमायाँ पुनलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका मेयर तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले रोकसंग फ्रन्ट लाईनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा अपनाएर काम गर्न तथा पेशागत मर्यादा कायम राख्न पनि आग्रह गर्नुभयो ।
नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं। १ ९क० का सभापति लालबहादुर चौधरी, अमर लामिछाने, दिलेश्वर श्रेष्ठ, मिना श्रेष्ठ लगायतले अहिले कोरोना भाईरस महामारीका कारण थप जोखिम मोलेर काम गर्नुपरेको भन्दै स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रम स्वास्थ्यकर्मी संघ रुपन्देहीका सचिव घनलाल अर्यालको सञ्चालनमा भएको थियो
प्रकाशित मिति : शनिबार, साउन १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्