काठमाडौं- उपत्यका लगायत मुलुका विभिन्न भागमा आज गाईजात्रा पर्व मनाइँदैछ ।
भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायले यो पर्व मनाउने गर्छन् ।
कोरोना संक्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होशियारीपूर्वक मनाउनुपर्ने भएको छ ।
भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा रहेकाले सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् ।
सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ ।
विगतमा जात्रामा रमाइलो गर्न बालबालिकाको संख्या अधिक हुने गरेको थियो ।
कोरोना संक्रमणको जोखिम उच्च भएकाले आफ्नै टोल छरछिमेकमा पर्व मनाउँदै संस्कृति संरक्षण गर्न सरकारले सबैमा आग्रह गरेको छ ।
नेवार समुदायले यो पर्व हर्षोल्लासका साथ मनाउन नपाउने विशम परिस्थितिलाई आत्मासात गर्दै यस वर्ष सांकेतिक रुपमा मात्रै मनाउने तयारी गरेका छन् ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ ।
जात्रा परिक्रमा गर्दा गराउँदा मल्लको तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने चलन छ ।
प्रकाशित मिति : मंगलबार, साउन २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्