बहादुरगंजमा बढ्यो मोटरसाइकल चोरी,चोरी मोटरसाइकल सहित एकजना पक्राउ

बहादुरगंजमा बढ्यो मोटरसाइकल चोरी,चोरी मोटरसाइकल सहित एकजना पक्राउ

 

कपिलवस्तु ।
कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि समय अघि जिल्लाका विभिन्न ठाउँबाट मोटसाईल चोरी भए पश्चात प्रहरीले सक्रियता देखाएको छ ।

मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ प १९६२,लु ५६ प ९३७७,लु २ प २१८९ नम्बरका मोटरसाईकल चोरी भएका हुन ।

चोरी भएपछि मोटरसाईकल धनिले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तिनवटै मोटरसाईकल फेला परेको छ । कृष्णनगर नगरपालिका वडा नं ८ जमुनीबाट एउटा,देवानगढीयाबाट एउटा र कृष्णनगर नगरपालिका वडा ७ सुखरामपुरबाट एउटा मोटरसाईकल फेला परेको नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।
उक्त चोरीमा संलग्न भएका कृष्णनगर नगरपालिका वडा नं ७ का बिसम्वर कुर्मीलाई पक्राउ गरि थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।

प्रकाशित मिति : बुधबार, साउन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij