सवारीसाधनमा फेरि जोरबिजोर नियम, भोलिदेखि नै लागु हुने

सवारीसाधनमा फेरि जोरबिजोर नियम, भोलिदेखि नै लागु हुने

काठमाडौं

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले फेरि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। गृहमन्त्रालयको निर्णायनुसार काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा धेरै सक्रिय केस रहेका जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनमा भोलि (बिहीबार) देखि जोरबिजोर प्रणाली लागु गरिएको हो। गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाका अनुसार अत्यावश्यकबाहेकका सबै किसिमका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिएको हो। कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा पनि राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्‍चालनमा रोक लगाउने निर्णय गरेको छ।

प्रकाशित मिति : बुधबार, साउन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij