काठमाडौं-रुकुम नरसंहार पश्चात किर्तिपुमा युवाविद्यार्थीले निरन्तर आन्दोलन गरिरहेका छन् । विभिन्न विषयमा सकड बहस र आन्दोलनका माध्यमबाट जातियतामा आधारित हत्याहिँसा विभेद विरुद्ध सृजनात्मक आन्दोलन भैररहेको छ । यहि क्रममा स्पिक अगेन्स कास्ट सिस्टम र मझुवा बगर जनकला मन्चको सहकार्यमा आज किर्तिपुरको नयाँबजार चोकमा पर्फमेन्स आर्ट प्रस्तुत गरिएको छ ।

सुरजको नेतृत्वमा मझुवा बगर जनकला मन्चका कलाकारहरु सोनम, सन्जय, सोनि, सकुन अनोजाले नाटक मन्चन गरेका थिए । पफर्मेन्स आर्टका माध्यमबाट कलाकारले समाजमा रहिरहेको जातिय व्यवस्था र त्यसले सृजित गरेको पिडा र असरबारे केन्द्रित हुदै मनुवादबारे प्रश्न गरेका थिए ।

अहिले कोरोनाका कारणले समाजिक दुरि कायम गर्नु भनिरहदा नेपालमा जाति समुदायहरु समाजिक, आर्थिक र धार्मिक रुपमा जातिय रुपमा टुक्रा टुक्रा पारेका छन् जसले गर्दा दलितहरु शताब्दि देखि क्वारेन्टाइनमा राखिएको छ ।

राज्य र धर्मले डर पैदा गर्छ र त्यहि डरको आधारमा मानिसलाई नियन्त्रण गदै आइरहेको छ । फलस्वरुप दलितहरु समाजमा शताब्दिऔ देखि उत्पिडनमा पर्दै आएका छन् । रुकुम नरसंहार र अन्य जातिय आधारित हत्याहिँसाले आफुहरुलाई मर्माहित पारेको त्यसैको विरुद्धमा विभिन्न ठाउँमा पर्पmमेन्स आर्ट गर्दै आइरहेको सुरजले उल्लेख गरे ।

त्यस्तै स्पिक अगेन्स कास्ट सिस्टम आन्दोलनका संयोजक रवि सेन्चुरीले दलित पुर्नजागरणको आवश्यकतालाई उल्लेख गदै जातिय विभेद विरुद्ध राजनैतिक आन्दोलन सँगसँगै कला, सहित्यका माध्यम बाट पनि आन्दोलन गर्न जरुरी रहेको जसले गर्दा शासकले एकतर्फी बनाएका जाति आधारित कथाहरु माथि प्रश्न गर्न सकियोस साथै दलित बारे प्राज्ञीक रुपमा थप छलफल गदै समाजिक न्याय र समतामुलक समाज निमार्ण गर्नु पर्ने उल्लेख गरे ।


प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्